काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.३१ अंकले बढेर २७७२.२३ विन्दुमा पुगेको छ।
यो समयमा ११२ स्क्रिप्सको ९३ हजार २२६ कित्ता सेयर ५ करोड ६२ लाख ७५ हजार ३८७ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेको थियो। सो दिन २१ अर्ब ९१ करोड मूल्य बढीको सेयर कारोबार भएको थियो।


प्रतिक्रिया