काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया