काठमाडौं । राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज तामाङले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा जित निकाल्न कोशिश गरिने बताएका छन् ।
प्रशिक्षक थापाले बंगलादेशको मौषमका कारण पहिलो खेलमा खेल्न गाह्रो भएको बताए ।
‘बंगलादेशको तापक्रम उच्च छ । सोही कारण खेलाडीलाई केही गा्रहो भयो । केही दिनको बसाईले खेलाडी यहाँको मौसम अनुकुल भएका छन् ।’ थापाले भने ।
उनले बंगलादेशले पछिल्ला वर्ष फुटबलमा निकै राम्रो प्रगति गरेको बताउँदै प्रशिक्षक थापाले बंगलदेशको महिला टिम बलियो रहेको बताए । नेपाल समेत महिला फुटबलमा राम्रो टिम भएको बताउँदै दोस्रो खेल जित्न कोशिश गर्ने उल्लेख गरे ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेल नेपालले आईतबार खेल्दैछ । एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ ।
आईतबारको खेल अघि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पहिलो म्याच बराबरीमा सकिएपनि दोस्रो खेलमा जितका लागि खेल्ने बताए ।


प्रतिक्रिया