मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा

न्यूजस्टोरी

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन्।

ला लिगा क्लब एट्लेटिको मड्रिडबाट उनी मिलान पुगेका हुन्। उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन्।मिलान र एट्लेटिको दुवैले सम्झौताको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। सन् २०१९ मा करिब ६ करोड ५० लाख युरोमा उनी एट्लेटिकोमा आबद्ध भएका थिए। ३१ वर्षीय मोराटाले गत आइतबार स्पेनलाई युरो कपमा जितका थिए ।

२०१४ मा युभेन्ट्स जानुअघि उनले रियल मड्रिडबाट आफ्नो क्यारियर सुरु गरेका थिए। उनले प्रिमियर लिग क्लब चेल्सीमा पनि खेले। उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे दुई(दुई पटक जितेका छन् भने फिफा क्लब विश्व कप र यूईएफए सुपर कप पनि जितेका थिए।

युभेन्टसबाट उनले दुई पटक सिरी ए र तीन पटक कोपा इटालिया जिते। चेल्सीबाट मोराटाले युरोपा लिग र एफए कप पनि जिते।