मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा यु-२० भलिबल : दोस्रो खेलमा पनि नेपाल पराजित 

काभा यु-२० भलिबल : दोस्रो खेलमा पनि नेपाल पराजित 

न्यूजस्टोरी

काठमाडौं । नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि पराजित भएको छ।

शुक्रबार सम्पन्न खेलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
नेपाल पहिलो सेटमा २७-२५ ले पराजित भएको थियो। दोस्रो सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो। तर, नेपाल २५-२३ ले पराजित भयो। तेस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै कीर्गिस्तानले ३-० को सेटमा खेल जित्यो।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो। नेपाल दुई खेलबाट अंकविहिन छ। नेपालले अब लिगको अन्तिम खेलमा शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।