मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा ३ सय घट्यो

सुनको मूल्य तोलामा ३ सय घट्यो

न्यूजस्टोरी

काठमाडौँ । सुनको मूल्यमा बिहीबार सामान्य गरावट आएको छ। बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।