मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जित्यो

जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जित्यो

न्यूजस्टोरी

जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जितेको छ । अन्तिम खेलमा हिजो भारतले जिम्बावेलाई ४२ रनले हराउँदै शृङ्खला ४–१ ले जितेको हो ।

भारतले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभर तीन बलमा एक सय २५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । भारतका लागि मुकेश कुमारले चार विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५८ रन बनाए । जिम्बावेका लागि ब्लेसिङ मुजराबानीले दुई विकेट लिए ।

भारतले शृङ्खलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृङ्खला जुलाई अन्तिममा श्रीलंकामा हुनेछ ।