मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उरुग्वेलाई कोपा अमेरिका फुटबलको तेश्रो स्थान, क्यानडा पेनाल्टी सुटआउटमा पराजित

उरुग्वेलाई कोपा अमेरिका फुटबलको तेश्रो स्थान, क्यानडा पेनाल्टी सुटआउटमा पराजित

न्यूजस्टोरी

कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ । आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।

ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो । तर पेनाल्टीमा क्यानडा पराजित भयो ।

क्यानडा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो । कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।