मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, बन्यो नयाँ रेकर्ड

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, बन्यो नयाँ रेकर्ड

न्यूजस्टोरी

काठमाडौँ  । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

यसअघि असार २३ गते सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेको थियो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हार ९ सय रुपैयाँ रहेकोमा बढेर आज १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको हो ।  त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 

यता, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ पुगेको हो ।