मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

२० वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

न्यूजस्टोरी


काठमाडौं, २८ असार । २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ। पाकिस्तानले आफ्नो नाम फिर्ता लिएपछि हिजो नयाँ खेल तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा आउँदो भदौ २ गतेदेखि १२ गतेसम्म हुनेछ ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग खेल्दै छ । दोस्रो खेलमा भुटान र भारत खेल्नेछन् । समूह चरणको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल भदौ १२ गते हुनेछ । च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, बङ्गलादेश र श्रीलङ्का छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।