मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो खेलमा नेपाल श्रीलंका डेभलपमेन्टसँग ४ विकेटले पराजित

दोस्रो खेलमा नेपाल श्रीलंका डेभलपमेन्टसँग ४ विकेटले पराजित

न्यूजस्टोरी

काठमाडौं । नेपाल श्रीलंका डेभलपमेन्टसँग ४ विकेटले पराजित भएको छ। श्रीलंकामा बुधबार भएको दोस्रो खेलमा नेपाली महिला टोली ४ विकेटले पराजित भएको हो।

१०७ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्टले १ बल अगावै पूरा गर्‍यो। श्रीलंका डेभलपमेन्टका लागि एन सेनारथनेले सर्वाधिक २७ रन बनाइन् भने एस सन्दीपानीले १९ रन बनाइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो। नेपालका लागि कविता कुँवरल २९ र कप्तान इन्दु बर्माले २८ रुन बनाइन्। मंगलबार भएको पहिलो खेलमा पनि नेपाल श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको थियो।

नेपाली महिला टोली एसिया कप खेल्न श्रीलंका पुगेको हो। एसिया कपमा नेपालले साउन ४ गते युएईसँग खेल्नेछ। त्यसपछि ६ गते पाकिस्तान र ८ गते भारतसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।