मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संकटमा नेपाल, २६ रनमा गुमायो पाँचौ विकेट

संकटमा नेपाल, २६ रनमा गुमायो पाँचौ विकेट

न्यूजस्टोरी

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। नेपालका लागि सन्दीप जोरा १ रन जोड्दै क्याच आउट हुन पुगे। नेपाल अहिले ६.६ ओभरमा ५ विकेट गुमाउँदै २६ रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ। यस अगाडि पहिलो विकेटका रुपमा नेपालका लागि ओपनर कुशल भुर्तेललाई ४ रन जोड्दा दोश्रो विकेटका लागि अनिश शाह शून्य रनमा क्याच आउट भए।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेल १ रन जोड्दै क्याच आउट हुँदा चौथो विकेटका रुपमा ओपनर आशिफ शेखपनि १७ रनमा क्याच आउट भए।