मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो

न्यूजस्टोरी

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य बढेको हो 

आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रुपैयाँ थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य १ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।