काठमाडौं । यमनको समुन्द्रमा शरणार्थी र आप्रवासी बोकेको डुंगा डुब्दा ४९ जनाको मृत्यु भएको छ । डुंगा दुर्घटनामा १४० जना हराइरहेको न्युज एजेन्सी एपीले जनाएको छ । समाचारमा जनाइएअनुसार डुंगा हर्न अफ अफ्रिकाबाट यमन गइरहेको थियो । सोमबार डुंगा पल्टिएको थियो । डुंगामा २६० जना सवार थिए । तीमध्ये अधिकांश इथियोपिया र सोमालियाका थिए ।
डुङ्गामा सवार व्यक्तिहरू सोमालियाको उत्तरी तटबाट अडेनको खाडी पार गरेर यमन पुगेका थिए । मृत्यु हुनेमा ६ बालबालिका र ३१ महिला रहेको जनाइएको छ । ७१ जनालाई उद्धार गरिएको थियो, जसमध्ये ८ जनालाई अस्पताल लगिएको थियो। करिब एक दशकदेखि जारी युद्धबाट यमन नराम्ररी प्रभावित भएको छ । यसका बावजुद शरणार्थी र आप्रवासीहरू यही बाटो भएर हिँडिरहेका छन् ।


प्रतिक्रिया