मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियलको चेतावनी-फिफा क्लब विश्वकप नखेल्ने

रियलको चेतावनी-फिफा क्लब विश्वकप नखेल्ने

न्यूजस्टोरी

रियल मड्रिड आगामी वर्ष अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकपको मुख्य आकर्षण हो। तर, एक इटालियन दैनिकलाई दिएको अन्तर्वार्तामा च्याम्पियन्स लिग विजेता रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले यो प्रतियोगितालाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।

सन् २०२५ को जुन–जुलाईमा अमेरिकाले फिफा क्लब प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्दैछ। जसमा रियल र यसका सुपरस्टार खेलाडीहरू किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङ्घमले सहभागिता जनाउने छन्। यो प्रतियोगितामा युरोपका १२ सहित ३२ टोलीहरू सहभागी हुनेछन्। यो प्रतियोगिता हरेक चार वर्षमा खेलाइने फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ।इटालियन दैनिक इल जियोर्नालेले सोमबार प्रकाशित गरेको अन्तर्वार्तामा एन्सेलोट्टीले भनेका छन्, ुरियल मड्रिडको एउटा खेलको मूल्य धेरै हुन्छ र फिफाले हामीलाई त्यो रकम दिन चाहेको छैन। रकम नदिए हामीजस्तै अन्य क्लबले पनि निमन्त्रणा अस्वीकार गर्नेछन्।ु

रियलले सामान्यतया युइएफएबाट पुरस्कार राशिमा प्रति च्याम्पियन्स लिग खेलबाट लगभग १० मिलियन यूरो (१०.७ मिलियन अमेरिकी डलर) कमाउँछ। जुन फिफाले पनि बेहोर्ने अपेक्षा गरिएको छ।

फिफाले आगामी जुन १५ देखि सुरु हुने प्रतियोगिताका लागि प्रसारण र प्रायोजक सम्झौताको घोषणा नगरेकाले क्लबहरूले कति रकम पाउने छन् भन्ने यकिन विवरण स्पष्ट छैन। फिफाले टेक जायन्ट एप्पलसँग ग्लोबल स्ट्रिमिङ राइट्स सम्झौताको बारेमा कुराकानी गरिरहेको छ।