काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया