मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेभिडको गोलमा इटालीको जित

डेभिडको गोलमा इटालीको जित

न्यूजस्टोरी

डेभिड फ्राटेसीको निर्णायक गोलसँगै डिफेन्डिङ युरोकप च्याम्पियन इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बोस्निया एन्ड हर्जेगोभिनालाई पराजित गरेको छ।

कार्लो कास्टेलानी स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इटाली १-० गोल अन्तरले विजयी भएको हो। खेलको ३८औं मिनेटमा फ्राटेसीले निर्णायक गोल गरेका थिए।उनले फेडेरिको चिएसाको पासमा गोल गरेका थिए। इटालीले युरो २०२० को उपाधि जिते पनि पछिल्ला दुई विश्वकपमा छनोट हुनबाट असफल भएको थियो।

युरो २०२४ को आफ्नो पहिलो खेल शनिबार अल्बानियासँग खेल्नेछ। समूह बी मा स्पेन र क्रोएसिया रहेका छन्। शनिबार राति भएको खेलमा स्पेनले नर्दन आयरल्यान्डलाई ५–१ ले हराएको थियो भने क्रोएसियाले पोर्चुगललाई २–१ ले हराएको थियो।