मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तोलाको १ लाख ४४ हजार

सुन तोलाको १ लाख ४४ हजार

न्यूजस्टोरी

काठमाडौं । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ। गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो।

बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज एकैदिन १ हजार ८०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।