मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपमा युगान्डाको पहिलो जीत, पीएनजी ३ विकेटले पराजित

विश्वकपमा युगान्डाको पहिलो जीत, पीएनजी ३ विकेटले पराजित

न्यूजस्टोरी

काठमाडौं । टी–२० विश्वकपमा पपुआ न्यु गिनी पीएनजी पराजित भएको छ ।

पीएनजीलाई पराजित गर्दै युगान्डाले विश्वकपमा इतिहास रचेको छ । विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।

आज बिहान भएको समूह ‘सी’ को खेलमा पिएनजीलाई ३ विकेटले पराजित गर्दै युगान्डाले विश्वकपमा पहिलो जित दर्ता गराएको छ ।पीएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । जीतसँगै युगान्डा अंक तालिकाको तेस्रो स्थानमा छ । लगातार दुई खेलमा पराजित पिएनजी भने चौथो स्थानमा छ ।

पीएनजी यसअघि वेष्ट इण्डिजसँग ५ विकेटले पराजित भएको छ । विश्वकपको डेब्यु खेलमा युगान्डा अफगानिस्तानसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अफगानिस्तानले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदा ५ रनमा युगान्डा अलआउट भएको थियो ।