मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नासरलाई पराजित गर्दै हिलालले जित्यो किंग्स कप

नासरलाई पराजित गर्दै हिलालले जित्यो किंग्स कप

न्यूजस्टोरी

अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राति सम्पन्न खेलमा अल–हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५–४ गोल अन्तरले पराजित गरेको हो।निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। खेलको सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए।

५६औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो। ८६औं मिनेटमा हिलालका अली अल –बुलेहीले पनि रातो कार्ड पाए।

८८औं मिनेटमा आयमन याह्याले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए। ९०औं मिनेटमा कालिदो कुलिबालीले दोस्रो पहेंलो कार्ड पाउँदा हिलाल ९ खेलाडीमा समेटिएको थियो। अपराजित रहँदै साउदी प्रो लिगको उपाधि जितेको हिलालले ११औं पटक किंग्स कपको उपाधि जितेको हो।