मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूजस्टोरी

रोनाल्डोको गोलमा नासरको जित
काठमाडौँ, १४ जेठ। क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै अल नासरले साउदी प्रो लिगको अन्तिम खेलमा अल इतिहादलाई पराजित गरेको छ।

अल(अवल पार्कमा मंगलबार राति सम्पन्न खेलमा नासर ४(२ गोल अन्तरले विजयी भएको हो। योसँगै दोस्रो स्थानमा रहेर लिग सक्काएको नासरले ३४ खेलबाट ८२ अंक जोडेको छ। ५४ अंक रहेको इतिहाद भने पाँचौँ स्थानमा रह्यो।पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई शुरूआती अग्रता दिलाएका थिए।

६६औँ मिनेटमा इतिहाद १० खेलाडीमा समेटियो। सुवैलेम अल मनहली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
६९औँ मिनेटमा रोनाल्डोले दोस्रो गोल गरे।

७९औँ मिनेटमा अब्दुलरहमान घारीबले पेनाल्टीमा नासरका लागि तेस्रो गोल गरे। ८८औँ मिनेटमा फरहा अल शमरानीले गोल गर्दै इतिहादलाई ३-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा फबिन्होले गोल गर्दै इतिहादलाई ३-१ को स्थितिमा ल्याएका थिए। तर, पाँचौँ मिनेटमा अल नेमरले गोल गर्दै नासरलाई ४-२ को जित दिलाए।