मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पियोलीले छोडे मिलान

पियोलीले छोडे मिलान

न्यूजस्टोरी

प्रशिक्षक स्टेफानो पियोलीले सिजनको अन्त्यसँगै इटालियन क्लब एसी मिलान छोडेका छन्।

मिलानले सिजनको अन्तिम लिग सालेर्निटानासँग खेल्नुभन्दा एक दिनअघि शुक्रबार पियोलीले क्लबबाट बाहिरिने घोषणा गरेका थिए।पाँच वर्षको कार्यकालमा उनले मिलानलाई सन् २०२२ को सिरी ‘ए’ को उपाधि जिताएका थिए। मिलानका ‘फ्रन्ट अफिस’ ज्लाटान इब्राहिमोभिचले पहिले नै उनको उत्तराधिकारीको खोजी गरिरहेका थिए।

क्लबले पियोलीलाई अविस्मरणीय लिग उपाधि दिलाएको र शीर्ष युरोपेली प्रतियोगितामा मिलानलाई निरन्तर उपस्थिति गराएकोमा धन्यवाद दिएको छ।

मिलानले ११ वर्षपछि सन् २०२२ मा पहिलो पटक लिग उपाधि जितेको थियो। सन् २०२२ मा अमेरिकी लगानी कम्पनी रेडबर्ड क्यापिटलले मिलानको जिम्मा लिएको थियो। चिनियाँ कम्पनीबाट स्वामित्व अमेरिकी कम्पनीसँग सरेदेखि नै पियोलीको भविष्य फेब्रुअरीदेखि नै शंकाको घेरामा थियो।

रेडबर्डका मालिक गेरी कार्डिनल र इब्राहिमोभिचले सिजन पछि प्रशिक्षकको टोली परिवर्तन गर्न खोजेका थिए। इटालीका सञ्चारमाध्यमहरूले पियोली नापोलीमा आबद्ध हुन लागेको बताएका छन्।

५८ वर्षीय प्रशिक्षकले यसअघि इन्टर, फियोरेन्टिना, लाजियो, बोलोग्ना, पर्मा र अन्य धेरै क्लबलाई प्रशिक्षण दिएका थिए। पियोलीको नेतृत्वमा मिलानले सन् २०२१ मा च्याम्पियन्स लिगबाट ७ वर्षको अनुपस्थिति अन्त्य गरेको थियो। गत सिजन इन्टरसँग पराजित हुँदा मिलान सेमिफाइनलमा पुगेको थियो।

यो सिजन पियोलीको टोली अर्को साता फाइनल खेल्ने बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)सम्मिलित कठिन समूहबाट अघि बढ्न असफल रह्यो। त्यसपछि मिलान दोस्रो चरणको युरोपा लिगमा धकेलियो। तर, क्वार्टरफाइनलमा रोमासँग पराजित भयो।