मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटमा कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द , हैदराबाद दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द , हैदराबाद दोस्रो स्थानमा

न्यूजस्टोरी

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो ।

दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

जितपछि हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुगेको छ । हैदराबाद र राजस्थान दुवैको १७ अङ्क रहे पनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो । हैदराबाद र कोलकाता भोलि फाइनल प्रवेशका लागि खेल्नेछन् ।