मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बई अन्तिम खेलमा लखनउसँग पराजित

मुम्बई अन्तिम खेलमा लखनउसँग पराजित

न्यूजस्टोरी

काठमाडौं । आइपिएलको लिगचरणबाट बाहिरिइसकेको मुम्बई इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । शुक्रबार राति घरेलु मैदान वानखेडेमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । यो हारसँगै मुम्बई अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

खेलमा लखनउले २१५ रनको लक्ष्य दिएको थियो । सो रन पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । १८ रनले हारेको खेलमा ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।लखनउका नवीन उल हक र रवि विश्नाइले दुई/दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक÷एक विकेट लिए ।

यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे । मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन/तीन विकेट लिए ।