मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेटभित्र राखेर कोकिन तस्करी, ३ विदेशी नागरिक पक्राउ

पेटभित्र राखेर कोकिन तस्करी, ३ विदेशी नागरिक पक्राउ

न्यूजस्टोरी

काठमाडौं – कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ती विदेशीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् । चेकजाँच गर्दा प्रहरीले उनको पेटमा निलेर राखिएको अवस्थामा केही रहेको शंका गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल लगिएको थियो।

उपचार पद्दतीबाट उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको एसएसपी थपलियाले जानकारी दिए। प्लाष्टिकले र्‍याप गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम पाइएको उनले बताए।