मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै दाजु मारेर जेल, संविधान दिवसमा माफी पाएर अहिले तीन जनाको हत्या

आफ्नै दाजु मारेर जेल, संविधान दिवसमा माफी पाएर अहिले तीन जनाको हत्या

न्यूजस्टोरी

रुपन्देही । रुपन्देहीको बुटवलस्थित होराइजन चोकमा एक महिला र दुईजना बालिकाको वीभत्स हत्या भएको छ।

प्रहरीका अनुसार बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या गरेका हुन्।

दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग विवाह गरेकी थिइन्। मृतक दुई बालिका शंकर र दीपाका सन्तान हुन्।  पक्राउ परेका सुजन यसअघि आफ्नै दाजुको हत्या गरी जेल चलान भएर केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ। 

प्रहरीका अनुसार कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए। त्यहीबेला चक्कु र घन प्रयोग गरी तीनैजनाको हत्या गरेको उसले प्रारम्भिक बयानमा बताएको छ। दीपा पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन्।

पक्राउ परेका सुजनलालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।