मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, अब एक तोला सुनलाई कति पर्ला ?

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, अब एक तोला सुनलाई कति पर्ला ?

न्यूजस्टोरी

काठमाडौँ र सुनचाँदीमा मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १ हजार ६ सय रुपैयाँले बृद्धि हुँदा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

महासङ्घले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि पनि मूल्य बृद्धि भएको महासङ्घले जनाएको छ । यसअघि गत वैशाख ९ गते सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ३९ हजार ३ सयसम्म रुपैयाँ पुगेको थियो । त्यसयता भने घटेर बैशाखमा सबैभन्दा कम १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

आज तेजावी सुन भने प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि आज उकालो लागेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले बढेको हो ।