दाङ ,११ चैत । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेका छन् ।
शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा उहाँहरुको करेन्ट लागेर मृत्यु भएको हो ।‘दिउँसोको समयमा एक्कासि हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा खसेको रहेछ, त्यही तारमा पर्दा एकै घरका तीन जनाको मृत्यु हुन पुगेको छ।


प्रतिक्रिया