मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीले मागे माफी

मेस्सीले मागे माफी

न्यूजस्टोरी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्ड लियोनल मेस्सीले माफी मागेका छन् ।

क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको विषयमा मेस्सीले माफी मागेका हुन् ।‘ मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबको निर्णय पर्खिरहेको छु, मेस्सीले एक भिडियो पोस्ट गर्दै भनेका छन्, मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिन।

साउदीको भ्रमणपछि पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ ।

मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ।

उनी सम्झौता सकिएपछि क्लब छाड्ने योजनामा रहेका छन् ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् ।