मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिफन्डेबल हवाई टिकटमा आईएमई पेका प्रयोगकर्ताको सङ्ख्यामा उत्साहजनक वृद्धि

रिफन्डेबल हवाई टिकटमा आईएमई पेका प्रयोगकर्ताको सङ्ख्यामा उत्साहजनक वृद्धि

न्यूजस्टोरी

काठमाडौं, ६ चैत्र । आईएमई पे एपमार्फत आन्तरिक हवाई टिकटअन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको छ । रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेका सङ्ख्या उल्लेख्य बढेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । एक वर्षको अवधिमै प्रयोगकर्ताको बढ्दो सङ्ख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताउनुभयो ।

सहज फिचरसँगै प्रयोगकर्ताले कल तथा इमेलमार्फत पाउने सेवा र तत्कालै हुने रिफन्डले गर्दा ग्राहकको सङ्ख्या बढेको आईएमई पेले जनाएको छ । आईएमई पे एपमार्फत प्रयोगकर्ताले आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।