मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

न्यूजस्टोरी

काठमाडौं, २ चैत्र । लिभरपुल युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पार्टा प्रागलाई ६–१ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम ८ मा प्रवेश गरेको हो । लिभरपुल समग्रमा ११–२ को नतिजा सहित क्वार्टरफाइनल पुगेको हो । चेक रिपब्लिक क्लब दुवै लेगको खेलमा निरिह रह्यो ।

लिभरपुलले पहिलो हाफमै ४–१ को अग्रता बनाएको थियो । डार्विन नुनेजले सातौं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै बोबी क्लार्कले लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।

त्यसका दुई मिनेटमा मोहमद सलाहाले लिभरपुलका लागि तेस्रो गोल गरे । खेलको १४ औं मिनेटमा कोडी गाक्पोले लिभरपुललाई ४–० ले अघि बढाएका थिए ।

निर्धारित समयको खेल सकिन तीन मिनेट अघि प्रागका वेल्ज्को बिरमान्सविकले एक गोल फर्काए ।

दोस्रो हाफको तेस्रो मिनेटमा डोमिनिक स्लोबोस्जलाईले लिभरपुलका लागि पाँचौं गोल गरेका थिए । गाक्पोले खेलको ५५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ६–१ को शानदार जित दिलाए ।