मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोहोरो अङ्कले घट्यो शेयर बजार

दोहोरो अङ्कले घट्यो शेयर बजार

न्यूजस्टोरी

काठमाडौं, १ चैत्र । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार ओरालो लागेको दिन स्वाभिमान लघुवित्त कम्पनीको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन वीन नेपाल लघुवित्त र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ५० करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।