मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३३ बर्ष पछि नापोलीलाई इटालियन सिरी ए को उपाधि

३३ बर्ष पछि नापोलीलाई इटालियन सिरी ए को उपाधि

न्यूजस्टोरी

काठमाडौं । नापोलीले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

बिहीबार राति उडीनेजेसँग १÷१ गोलको बराबरी खेल्दै नापोलीले उपाधि जितेको हो । नापोलीले ३३ वर्षपछि सिरी ए लिगको उपाधि जितेको हो ।

यस अघि नापोलीले १९९० मा सिरी ए उपाधि जितेको थियो ।

खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १÷१ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै नापोलीलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।

नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ ।

उडीनेजे ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।