मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले पर्साले चैत्र १ गते जिल्ला प्रतिनिधी परिषद्को भेला गर्ने

नेकपा एमाले पर्साले चैत्र १ गते जिल्ला प्रतिनिधी परिषद्को भेला गर्ने

न्यूजस्टोरी

पर्सा, २० फागुन । नेकपा एमाले पर्साको सचिवालय बैठकले आगामी चैत्र १ गते जिल्ला प्रतिनिधी परिषदको भेला गर्ने निर्णय गरेको छ ।
वैठकले पार्टी महासचिव शंकर पोखरलेको उपस्थितिमा उक्त भेला चैत्र १ गते गर्ने निर्णय गरेको हो ।
प्रतिनिधी परिषदको बैठकमा प्रदेश कमिटी सदस्यहरु, नगर पालिका र गाउ“पालीकाका पार्टीपदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, निर्वाचित जन प्रतिनिधीहरु र जनवर्गिय संगठनका प्रतिनिधीहरु लगायतको उस्थिति रहने छ ।
आइतवार बसेको बैठकमा जिल्ला अधिवेशको विषयमा भने कुनै छलफल हुन सकेन । आइतवारको बैठक जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षतामा बसेको थियो ।
बैठकमा सांसद प्रभु हजारा, प्रदेश उपाध्यक्ष विचारी यादव, प्रदेश सांसद राज कुमार गुप्ता, पार्टी केन्द्रिय सदस्य अरविन्द सिहं, जिल्ला सचिवालय सदस्य शिवजी गुप्ता र पवन तिवारी लगायतको उपस्थिति रहेको जिल्ला सचिव मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।