मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने धारणा राख्नुभएको छ । सोमवार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहांले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले साझेदारीको नीति अपनाउन आवश्यक रहेको समेत बताउनुभयो । उहांले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने दावी गर्नुभयो । उहांले नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । उहांले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको समेत बताउनुभयो ।
अध्यक्ष ढकालले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताउनुभयो । उहांले विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
‘मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेको बताउंदै ढकालले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम र प्रतिदिन झन घट्दो रहेको बताउनुभयो । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ, ढकालले भन्नुभयो ।
उहांले नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटक बढाउन सक्ने असंख्य सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । उहांले सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि,पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने बताउनुभयो ।
उहांले निजी क्षेत्रले विकास र परिवर्तनको मिराकल ल्याउन सक्षम रहेको भन्दै पटकपटक यसको पुष्टि गर्दै आएको बताउनुभयो । उहांले सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरेपनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताउनुभयो ।
उहांले मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षौं लागेको भन्दै निर्माणको काम १३ महिनामै सकेर संरचना तयार पारिएको बताउनुभयो ।
उहांले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने बताउनुभयो । उहांले निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताउनुभयो ।


प्रतिक्रिया