चितवन, १४ फागुन । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चन्द्रिका महत केसी चयन हुनुभएको छ ।
आइतबार सम्पन्न सातौं नगर अधिवेशनले केसीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष सविता चौधरी, सचिवमा गीता सिंखडा, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा कोपिला पौडेल चयन हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्ट र सदस्यहरुमा विमला दुवाडी, लक्ष्मी कोइराल, ज्वाला पुरी वन, विन्दा कार्की, अन्जना गौतम रहनुभएको थियो ।
सर्वसम्मत निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी विष्टले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा संघको स्थापपना तथा संस्थागत विकासमा योगदान गरेका महादेवी खतिवडा, चन्द्रिका बस्नेत, विष्णुकुमारी आचार्य, सपना बोहरा, वीरन्जना सापकोटालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरुले पार्टीलाई संकट पर्दा अनेमसंघले काँध थाप्ने गरेको भन्दै एमालेलाई पुरानै अबस्थामा फर्काउन मिलेर काम गर्न समेत आग्रह गरेका थिए ।


प्रतिक्रिया