मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व प्रधानन्यायाधीश पक्राउ प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै वीरगन्जका मेयर राजेशमान सिंहको आपत्ति

पूर्व प्रधानन्यायाधीश पक्राउ प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै वीरगन्जका मेयर राजेशमान सिंहको आपत्ति

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, ११ असोज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको पक्राउ प्रकरणमा आफ्नो नाम जोडेर विभिन्न सन्चार माध्यममा समाचार प्रकाशित भएको प्रति आपत्ति जनाउनुभएको छ।

वीरगन्ज महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर सिंहको नाम पूर्व प्रधानन्यायाधीश राणालाई पक्राउ गरिएको विषय सँग जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा मेयर सिंह नगरवासीको सेवासँग सम्बन्धित विषयमा अदालतमा उपस्थित भएको घटनालाई पूर्व प्रधानन्यायाधीश राणाको पक्राउ प्रकरणसँग जोडेर प्रस्तुत गरिएको उल्लेख छ।

महानगरपालिकाले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेको छ।

साथै, तथ्यसँग मेल नखाने समाचार प्रकाशित भएको भए आवश्यक खण्डन तथा संशोधन गर्न पनि सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।

महानगरपालिकाले सञ्चारमाध्यमको स्वतन्त्रताको सम्मान गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिता मार्फत समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिएको छ।