मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसारण लाइनमा समस्या आएपछि चिलिमे विद्युत केन्द्र बन्द

प्रसारण लाइनमा समस्या आएपछि चिलिमे विद्युत केन्द्र बन्द

न्यूजस्टोरी

काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि चिलिमे जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।

रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै बेलुकासम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ ।

टावर मर्मतका लागि काठमाण्डौबाट प्राविधिकहरु रसुवा गइसकेका छन् ।