मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे २१ अङ्कले घट्यो शेयर बजार

साढे २१ अङ्कले घट्यो शेयर बजार

न्यूजस्टोरी

काठमाडौं, १७ माघ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।

आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।