मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

न्यूजस्टोरी

काठमाडौँ, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ ।

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।

यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।