मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

न्यूजस्टोरी

काठमाडौं, १० असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हिजो अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

प्रतियोगिता आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा आयोजना हुँदैछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले गएको बिहीवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ । नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ ।