मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

न्यूजस्टोरी

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ९नेसनल आईसीटी डे २०२३० को अवसरमा ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराएको छ। सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको जनाएको छ। यो अफर आज वैशाख १७ देखि प्रारम्भ भएको छ र १९ गतेसम्म लागू हुनेछ। यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु। १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु। २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैैशाख १९ गते मनाइँदै छ।