मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई महिना पर सर्यो महिला लिग छनोट

दुई महिना पर सर्यो महिला लिग छनोट

न्यूजस्टोरी

काठमाडौं, २ असार । एन्फा महिला फुटबल लिग छनोट प्रतियोगिता झन्डै दुई महिना पर सरेको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गत वैशाख २६ गते वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिगको छनोट १ देखि १६ असारसम्म सञ्चालन हुने तय गरेको थियोे।

तर, क्लबहरूले तयारी थालेपछि एन्फाले एकाएक प्रतियोगिता साउन अन्तिम सातामा सारेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार एन्फा प्रतिनिधि र सहभागी १६ क्लबको संयुक्त बैठकले छनोट प्रतियोगिता साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गर्नेछ।