मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका जीत नजिक

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका जीत नजिक

न्यूजस्टोरी

काठमाडौं, ३१ जेष्ठ । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका जीत नजिक पुगेको छ ।

अष्ट्रेलियासँगको फाइनल खेलमा दक्षिण अफ्रिका एडेन माक्रारमको शतकसँगै उपाधि नजिकै पुगेको हो ।

उपाधि जित्न २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रन बनाएको अवस्था छ ।

माक्ररम १ सय २ रनमा अविजित छन् । कप्तान टेम्बा बभुमा पनि ६५ रनमा क्रिजमा छन् । दक्षिण अफ्रिकालाई अब उपाधि जित्न ६९ रन आवश्यक छ । उसँग ८ विकेट छ । अझै दुई दिनको खेल बाँकी नै छ ।

अष्ट्रेलियाले समग्रमा २ सय ८२ रन बनाएको थियो । पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अष्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए ।