मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

न्यूजस्टोरी

काठमाडौं, २९ जेष्ठ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विभिन्न कार्यक्रमसहित हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउँदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्ने उहाँको भनाइ छ । सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।