मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा इङ्ग्ल्यान्डको क्लिन स्वीप

वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा इङ्ग्ल्यान्डको क्लिन स्वीप

न्यूजस्टोरी

काठमाडौं, २८ जेष्ठ । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली इङ्ग्ल्यान्डको क्लिन स्वीप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ३७ रनले हराउँदै इङ्ग्ल्यान्डले टी–२० शृङ्खला ३–० ले जितेको हो ।

इङ्ग्ल्यान्डले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका रोमभ्यान पावेलले सबैभन्दा धेरै नटआउट ७९ रन बनाए । इङ्ग्ल्यान्डका लुक वूडले ३ विकेट लिए ।

यसअघि साउथ्याम्पटनमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४८ रन बनायो । इङ्ग्ल्यान्डका बेन डकेटले ८४ रन बनाए । वेस्ट इन्डिजका एकेल होसेन, गुदाकेश मोटी र शेरफेन रथरफोर्डले १र१ विकेट लिए ।

यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि इङ्ग्ल्यान्डले क्लिन स्वीप गरेको थियो ।