मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमल संसारकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी

यमल संसारकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी

न्यूजस्टोरी

काठमाडौं, २७ जेष्ठ । लामिन यमल संसारकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी बनेका छन्।

खेलाडी मूल्यांकनमा विशेषीकृत वेबसाइट ट्रान्सफरमार्क्टको पछिल्लो अपडेटअनुसार उनको बजार मूल्य २०० मिलियन युरो पुगेको छ। यो १७ वर्षे खेलाडीका लागि कीर्तिमानी रकम हो।

यमल अहिले ला लिगा मात्र होइन, सम्पूर्ण विश्व फुटबलमै सबैभन्दा महँगो खेलाडीको रूपमा शीर्ष स्थानमा छन्। उनले आधुनिक फुटबलमा युवा प्रतिभाका लागि नयाँ मापदण्ड स्थापना गरेका छन्।

२०२४/२५ सिजनमा उनले सबै प्रतियोगितामा ५५ खेल खेलेका थिए। ती खेलमा १८ गोल र २५ एसिस्ट दिएका थिए। हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनालाई सफल बनाउन उनी मुख्य नायक बने।

क्याटलान क्लबले यो सिजन ला लिगा र स्पेनिस कप जित्यो भने च्याम्पियन्स लिगमा नाटकीय रूपमा इन्टर मिलानसँग पराजित भयो। यद्यपि, सानदार प्रदर्शनले यमलको मूल्य ११।१ प्रतिशतले बढेको छ।

बार्सिलोनाका अन्य खेलाडीको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। पेड्रीको मूल्य १४० मिलियन युरो पुगेको छ। राफिन्हाको ९० मिलियन र पाउ कुबार्सीको ८० मिलियन युरो पुगेको छ।