काठमाडौं, २४ जेष्ठ । टोटनहमले मुख्य प्रशिक्षक एन्जे पोस्टेकोग्लोलाई क्लबको जिम्मेवारीबाट हटाएको छ । प्रशिक्षक पोस्टेकोग्लु नियुक्त भएको ठीक दुई वर्षपछि टोटनहमले जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । उनकै प्रशिक्षणमा १७ वर्षसम्मको ट्रफीविहिन टोटनहमले युरोपा लिगको उपाधि जितेको थियो ।
युरोपा लिगको फाइनलमा उसले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । तर यस सिजन इंग्लिस प्रिमियर लिगमा टोटनहम रेलिगेसन जोनभन्दा एक स्थान माथि १७ औं स्थानमा रह्यो । यहि खराब प्रदर्शनकै आधारमा क्लबले प्रशिक्षक पोस्टेकोग्लुलाई हटाएको अनुमान गरिएको छ ।


प्रतिक्रिया