काठमाडौं, २१ जेष्ठ । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो ।
१९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद१८४ रनमै समेटियो । उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो । बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए ।
पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे । क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए । भुवनेश्वर कुमारले पनि २ विकेट लिए। पञ्जाबबाट अर्शदीप सिंह र काइल ज्यामिसनले समान ३–३ विकेट लिए ।
आरसीबीको टोली आईपीएल इतिहासमा आठौं च्याम्पियन बन्ने आठौं टोली बनेको छ ।
यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनेका थिए ।


प्रतिक्रिया