मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एरिकालाई ऐतिहासिक कांस्य पदक

एरिकालाई ऐतिहासिक कांस्य पदक

न्यूजस्टोरी

काठमाडौं, १८ जेष्ठ । नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा आइतबार ऐतिहासिक कांस्य पदक जितेकी छन्।

मोरोक्कोको रावतमा भएको महिला ६८ केजीमाथी तौल समूहमा उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन्। योसँगै उनी विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

उनले टर्की, इटली जस्ता खेलाडीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेकी थिइन्। तर, फाइनल प्रवेशका लागि भएको खेलमा उनले स्पानिस खेलाडी मारिया टोरेस गार्सियासँग ५–५ को टाई खेलिइन्। यद्यपि, उनी सेन्सुका आधारमा पराजित हुन पुगेकी थिइन्।